हाम्रो मनमा आज एउटा ज्वलन्त प्रश्न छ : हामी नेपाली नागरिकले कहिले शिर ठाडो गरेर विश्वसामु हिँड्न पाउने ? हाम्रा नेताहरूले कहिले हामीलाई गर्व गर्ने मौका देलान् ? आज देशको राजनीतिक र आर्थिक अवस्थालाई केवल नागरिकले मात्र होइन,अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट नियालिरहेको छ।
भदौ २३ र २४ को जस्तो 'नरसंहारका तथा विध्वंस कारण उत्पन्न संकट'का बेला प्रधानमन्त्री र मन्त्रीहरू १० दिनसम्म लुकेर बसे, देशमा के भइरहेको छ भनेर सोधिखोजी पनि गरेनन्। एउटा जिम्मेवार नेताको रुपमा जनता सँग संवाद गर्ने नैतिकता गुमाएर लुकेर बसे! एउटा नागरिकको रूपमा, तपाईंलाई पक्कै पनि यो घटना युद्धको समयमा सेनापति भागेजस्तै हो भन्ने महसुस भएको होला। यसले देखाउँछ कि राजनेता बन्नका लागि पदको र शक्ति होइन, नैतिकता र देशभक्ति चाहिन्छ। तर, हाम्रा नेताहरूमा 'मैले गोली चलाएको होइन, प्रहरी दोषी हो' भनेर जिम्मेवारी पन्छाउने प्रवृत्ति हाबी हुन्छ, हामीले खोजेको राजनेता कहाँबाट भेट्टाउने ?
हाम्रा नेताहरू संकटको बेला किन भागे ? यसको जड हाम्रो पुरानो सामन्ती संस्कृतिमा छ। उनीहरू आफूलाई मालिक ठान्छन्, सेवक होइनन्: सामन्तवादमा शासकले जनताप्रति जवाफदेही हुनुपर्दैन। संकटको घडीमा उनीहरूले आफ्नो सत्ता र व्यक्तिगत सुरक्षालाई नै देश र जनताको हितभन्दा माथि राख्छन्। 'नेतामा नैतिकता नभएकाले देश आज संवैधानिक संकटमा छ' भन्ने गुनासो हामी सबैको होइन र ? पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनुपर्ने अवस्था आउनु भनेको राजनीतिक दलहरू तपाईंहरूको आस्था र विश्वास जित्न पूरै चुकेको प्रमाण प्रष्ट छ। जनता को समस्या सुन्नुभन्दा आफ्नो कुर्सी जोगाउनमा मात्र उद्यत छन नेताहरु,अनि देशको विकास कसरी हुन्छ ? भ्रष्टाचार, नातावाद, र अल्पकालीन स्वार्थहरूले गर्दा राष्ट्र ले आर्थिक विकास र समुन्नति मा जवरजस्त अवरोध फेस गरेको छ ।
२३ र २४ को नरसंहार तथा विध्वंस को कारण उत्पन्न संकटको समाधान चुनाव नै हो भन्ने मत लाई ठूला भनिएका राजनीतिक पार्टीहरूले पूर्ण रुपमा स्वीकार गरेका छैनन्। चुनाव केवल एउटा प्रक्रिया मात्र होइन। यो त जनता ले आफ्नो अभिमत व्यक्त गर्ने सबै भन्दा प्रजातान्त्रिक माध्यम हो। 'पेरिस घोषणापत्र'ले भनेको छ(२६ मार्च १९९४ को)— 'सरकारले शासन गर्ने वैधानिकताको अधिकार जनताको इच्छाबाट मात्र प्राप्त गर्छ।'हाम्रा नेताले विश्वलाई नहसाऊन्' यो केवल नेताहरु का लागि मात्र होइन, यो हाम्रो राष्ट्रिय स्वाभिमानको विषय पनि हो।
सेयर बजार का नियमका निकायहरु का पदाधिकारी हरु पनि शेयर बजार को विकास,विस्तार र उन्नति को बाटो मा अवरोध भै रहेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ। सधैं लगानीकर्ता हरु टुलु टुलु हेरेर बस्ने छन् भन्ने भ्रम नपालौ। दर्जनौ पटक भएका छलफल , भेटघाट र ज्ञापन पत्र हरु लाई रद्दी कै टोकरी मा फालेर झारा टार्ने कार्यले अर्को चुनौतीपूर्ण दवाव बाट आउन सक्ने गम्भीर परिणाम लाई बेलैमा आँकलन गरी गम्भीर समीक्षा साथ सुधार र सुद्दिकरणका कार्यहरु थालनी होस। शुभेच्छा र सहयोग लागि लगानीकर्ताहरु हरदम हातेमालो गर्न तयार छन्।
राजनीति र अर्थतन्त्र को अन्योन्याश्रित सम्बन्ध छ।
तसर्थ, सबैले 'नैतिकता देखाऊँ' भन्ने दबाब निरन्तर जरुरी छ। हाम्रो खबरदारी ले नै हाम्रो राजनीतिक संस्कृतिलाई सामन्ती घेराबाट बाहिर निकालेर वास्तविक राजनेता जन्माउने हो। राजनीति र अर्थतन्त्रको अन्योन्याश्रित सम्बन्धलाई लगानीकर्ताहरूले सचेत रूपमा हेरिरहेका छन्।
नेपाल सेयरबजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको लेख ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस