नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेको छ। नेप्से आज २०.५६ अंकले घटेर २,५४४ बिन्दुमा बन्द भएको छ । आज ३२१ कम्पनीको ८३ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोडको कारोबार भएको छ ।
यसदिन १२ उपसूचकमा राताम्य लागेको छ । आज वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, होटल तथा पयर्टन समूहको ०ं.१८ प्रतिशतले सेयर मूल्य घटेको हो ।बुधबार ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सबेभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २२ करोठड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साहस ऊर्जाको १४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै भुगोल इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । बन्दीपुर केबलकारका लगानकिर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस