Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा १२ लाख १२ हजार, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १० : ४९ मा प्रकाशित

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा १२ लाख १२ हजार, प्रतिसेयर आम्दानी कति ?

राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

नाफा 

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असोजसम्म कम्पनीले २२ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४६.५४ प्रतिशतले घटेको छ। 

महाविपत्ति कोष/रिटेन्ड अर्निङ

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १ करोड ९६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २७ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १ करोड ९६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २७ करोड ८ लाख रुपैयाँ थियो।

जीवन बीमा कोष

चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ६४ अर्ब १३ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ६० अर्ब २४ करोड ६९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६.४६ प्रतिशतले बढेको छ।

कुल बीमाशुल्क/खुद बीमाशुल्क

यो अवधिमा कम्पनीले ४ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब ६१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २ प्रतिशतले घटेको छ। कम्पनीले चालु वर्षको असोजसम्म ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १.९१ प्रतिशतले घटेको छ।

प्रतिसेयर आम्दानी

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.६८ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको