Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपनमा कतिमा भयो झापा इनर्जीको पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, ११ : ०० मा प्रकाशित

स्पेशल प्रि ओपनमा कतिमा भयो झापा इनर्जीको पहिलो कारोबार ?

प्रि ओपन सेसनमा झापा इनर्जीको पहिलो कारोबार भएको छ। कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनी कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको