प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।
नाफा
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.७२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद बीमाशुल्क/कुल दाबी भुक्तानी
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिसम्म आइपु्ग्दा बढाएर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कुल दाबी भुक्तानी साढे १३ प्रतिशतले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त भुक्तानी ९ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापूँजी/महाविपत्ति कोष/जगेडा कोष सञ्चिति
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड, महाविपत्ति कोष १० करोड ३४ लाख र जगेडा कोष सञ्चिति २४ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
असोज मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.८५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२.२७ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस