Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १४ : ५३ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारणसभाबाट पारित भएको बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट (हितग्राही) खातामा जम्मा गरिएको छ।

कम्पनीको गत साउन २३ गते सम्पन्न वार्षिक साधारणसभाले साउन १ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार बोनस सेयर वितरण गरिएको हो। सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा पठाइसकिएको छ। यस बोनस सेयरलाई पुस १ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता गरी अभौतिक रूपमा कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ। नेप्सेमा सूचीकृत भएपछि मात्र बोनस सेयर डिम्याट खातामा पठाइने व्यवस्था अनुसार प्रक्रिया सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

साथै साउन १ गतेसम्म यस कम्पनीको सेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै लाभांश रोक्का राखिएकाले सम्बन्धित संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्रै खातामा पठाइने जानकारी दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको