सानिमा जीआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २० करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने कम्पनीले ५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।
चालु वर्षको असोजसम्म कम्पनीको स्पेशल रिजर्भ ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोष ४ करोड ६४ लाख रुपैयाँ, तथा अन्य इक्विटी ८ करोड ४६ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म रिटेन्ड अर्निङ १ करोड ९४ लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा स्पेशल रिजर्भ ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोष ४ करोड ६४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटी १३ करोड १० लाख रुपैयाँ रहेको थियो।
चालु वर्ष असोजसम्म कम्पनीले ४४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको ३९ करोड ४१ लाख रुपैयाँभन्दा १३.२१ प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ११ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा खुद बीमाशुल्क १० करोड ८३ लाख रुपैयाँ थियो । जसको तुलना गर्दा ३.३९ प्रतिशत बढी देखिन्छ।
२ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३७.२५ रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी १०.१७ रुपैयाँ थियो। यस वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ १४०.५३ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस