Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरका सेयरधनीको हात रित्तो

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, ०८ : १३ मा प्रकाशित

शुभम पावरका सेयरधनीको हात रित्तो

शुभम पावर लिमिटेडले आफ्ना सेयरधनीलाई निराश पारेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश साधारणसभाको मिति घोषणा गरेको हो । 

कम्पनीले यही मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा मन्ध्यान साढे १२ बजे ११ औँ वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । आफ्ना सेयरधनीहरूका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको साधारणसभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र सञ्चालक समितिको भत्ता, सेवा सुविधा लगायतका प्रस्तावहरू पनि सभाका लागि तय गरिएका छन्।

कम्पनीले साधारणसभा प्रयोजनार्थ मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बुक क्लोजका आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको