Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोपावरको साधारणसभ मंसिर २६ गते, ५ प्रतिशत लाभांश पारित गर्ने

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १० : २४ मा प्रकाशित

बरुण हाइड्रोपावरको साधारणसभ मंसिर २६ गते, ५ प्रतिशत लाभांश पारित गर्ने

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यहि मंसिर २६ गतेका लागि साधारणसभा बोलाएको हो ।

कम्पनीको २२ औँ साधारणसभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्नेछ । सो साधारणसभाले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।

चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिको भत्ता, सेवा सुविधाको सम्बन्धमा र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकारण बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको