Like us!
Follow us!
Connect us!
Watch us!

एक्सप्लोर अर्थ मूभर्सद्वारा नेपालमा पहिलो पटक ‘UNIROC WD581’ सार्वजनिक

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १५ : १४ मा प्रकाशित

एक्सप्लोर अर्थ मूभर्सद्वारा नेपालमा पहिलो पटक ‘UNIROC WD581’ सार्वजनिक

नेपालमा विश्वस्तरका निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक Explore Earth Movers Pvt. Ltd. ले अत्याधुनिक प्रविधियुक्त UNIROC WD581 ड्रिलिङ रिग लाई पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ। UNIROC WD581 आधुनिक प्रविधि, उच्च क्षमता डिजाइन सहित निर्माण, खानी र क्वारी क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ। बलियो बनावट, उन्नत नियन्त्रण प्रणाली उच्च इन्धन दक्षता तथा उत्पादन क्षमताले यस उपकरण को प्रयोग कठिन भू–भागमा समेत अनकल रहेको छ ।

कम्पनीका प्रतिनिधिले बताए अनुसार – “हामीले पहिलो पटक नेपालमा UNIROC WD581 प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी छौं। यो नवीनतम प्रविधिले नेपालको निर्माण र खानी उपकरण क्षेत्रलाई नयाँ स्तरमा पुर्‍याउनेछ। यसको उत्कृष्ट प्रदर्शन, इन्धन दक्षता र भरपर्दो पनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

UNIROC WD581 मा शक्तिशाली इन्जिन, उन्नत हाइड्रोलिक प्रणाली र चालकमैत्री नियन्त्रण प्यानल जडान गरिएको छ, जसले उच्च सटीकता र कम इन्धन खपत सुनिश्चित गर्छ। नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर राख्दै डिजाइन गरिएको यो उपकरणले सञ्चालनमा सुरक्षाको उच्च मापदण्ड रहोक छ . यस मेसिन सार्वजनिक सँगै Explore Earth Movers Pvt. Ltd. ले नेपालमा आधुनिक, दिगो र प्रविधियुक्त मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ, जसले देशको पूर्वाधार विकासमा द्रुत टेवा पुर्‍याउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको