Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, ०६ : ३७ मा प्रकाशित

प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले दिएको सफाइ विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । 

उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सिलवालले जन्ममिति परिवर्तन गरी पद बहाल रहन मन्त्रीपरिषद् तथा सम्बन्धित निकायमा ‘झुट्टा विवरण’ पेस गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार सिलवालले आफ्नो वास्तविक जन्ममिति २०१५/०४/१५ रहे पनि २०१६/०७/२२ भएको नागरिकता पेस गरी बीमा प्राधिकरणको अध्यक्षमा निरन्तर बसाइ कायम गरेका थिए। साथै, राहदानी विभागमा समेत तीन वर्ष उमेर घटाई कूटनीतिक तथा विशेष राहदानी हासिल गरिएको, त्यसबाट लाभ–सुविधा लिएको जिकिर गरिएको छ ।

अख्तियारले दायर गरेको आरोपपत्रमा भ्रष्टाचार निवारण ऐनका दफा १५ र १६ (१) अनुसार सजाय माग गरिएको थियो । त्यससँगै २०८० साउन १५ देखि हालसम्म लिएको ३६ लाख ६२ हजार १५४ रुपैयाँ १६ पैसा बराबरको लाभ–सुविधा असुल–जफत गर्नुपर्ने मागसमेत गरिएको थियो । यद्यपि विशेष अदालतले २०८१ पुस २ गते सुनाएको फैसलामा सिलवाललाई सफाइ दिएको थियो।

 

6930e9e748c85.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको