एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पुस १९ गतेका लागि चौथो साधारणसभा आह्वान गरेको हो ।
उक्त सभा काठमाडौंको बुढानीलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने, प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने विशेष पस्ताव पारित गर्ने छ । त्यस्तै अध्यक्षल प्रस्तुत गर्ने सञ्चालक समितिको प्रतिवेदन लगायत पारित गर्ने एजेण्डा रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस