Like us!
Follow us!
Connect us!
Watch us!

साहस ऊर्जाको साधारणसभा आज, लाभांश र हकप्रद पारित गर्ने

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, ०७ : ५० मा प्रकाशित

साहस ऊर्जाको साधारणसभा आज, लाभांश र हकप्रद पारित गर्ने

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ ।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा मंसिर ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै कम्पनीको सो साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको