Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थाप सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, ०८ : ४८ मा प्रकाशित

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थाप सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले साढे ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

बैंकले ३ लाख ५१ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि ३५ दिने सूचना जारी गरेको हो । हाल बैंकको उक्त सेयरमा बैंककै संस्थाप सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र कुमारी क्यापिटलको नक्सालमा नागपोखरी वा कुमारी बैंकको प्रधानकार्यालय टंगालमा आइपुग्ने गरि आवेदन दिुनु पर्नेछ । 

विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआएको खण्डमा आम सार्वसाधरणले खरिद गर्न पाउने गरि लिलाम बिक्री गरिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको