Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १० : ५५ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसुचक ०.२३ अंकले घटेर कारोबार भएको हो । 

आजको प्रि ओपन सेसन पछि परिसूचक २६१३.८४ विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने २० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ४४६.६७ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ५७ कम्पनीका ६ हजार ७०७ कित्ता सेयर १६६ पटक खरिद बिक्री हुँदा ३४ लाख ९२ हजार ९८४ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको