Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको साधारणसभा पुस २१ गते, लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, ११ : ३९ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको साधारणसभा पुस २१ गते, लाभांश प्रस्ताव पारित गर्ने

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ  । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते सोमबारका लागि २४ औँ वार्षिक साधारणसभा बनाउने निर्णय गरेको हो । 

सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे बोलाएको छ । साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर समेत) र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक र सर्वसाधारण समूहबाट ३÷३ गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, कर्पाेरेट भवन बनाउन जग्गा वा भवन खरीद गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस ६ गते आइतबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस बैंकको सेयर खरीद गर्ने सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको