नवनियुक्त ४ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले शीतल निवास स्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष शपथ लिएका हुन्। प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन्।
नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था मन्त्रालय, राजेन्द्रसिंह भण्डारीले श्रम मन्त्रालय, माधव चौलागाईले वन तथा वातावरण मन्त्रालय, र श्रद्धा श्रेष्ठले महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्। उद्योग र कानून मन्त्रीको जिम्मेवारी पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ। अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत रहेको छ। अब, कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस