Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलोपरको साधारणसभाको मिति घोषणा, के के छन् एजेण्ण्डा ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, १० : ४० मा प्रकाशित

नेपाल हाइड्रो डेभलोपरको साधारणसभाको मिति घोषणा, के के छन् एजेण्ण्डा ?

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बस्ने निर्णय गरेको हो । 

सभाले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश सेयरधनीहरूमा वितरण गर्ने र गत आवको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । त्यसैगरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, आवश्यकता अुनसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको