शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जागिर वा कुनै पनि रिक्त पदमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न सबैलाई आग्रह गरेका छन्। उनले यस्ता अनुरोधकै कारण नेपालमा कुशासन र भ्रष्टाचारले गहिरो रूपमा जरा गाडेको स्पष्ट पारेका छन्।
मन्त्री पुनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागीर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला। नेपालमा कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण नै यहि हो।’
उनले नेताहरूले व्यक्तिगत र पार्टीको स्वार्थका लागि नियम कानुन मिचेर अनैतिक तरिकाले चाकरीको भरमा लोभीपापी र अयोग्य व्यक्तिहरूलाई उच्च पदहरूमा नियुक्त गरेका कारण नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेको र ‘जेनजी विष्फोट’ भएको जिकिर गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस