Like us!
Follow us!
Connect us!
Watch us!

कालिन्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, ०७ : ३८ मा प्रकाशित

कालिन्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस १ गते बुकक्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

कालिञ्चोक दर्शनले पुस १५ गते, मंगलबार, बद्रीनाथ होटल, गौशाला, काठमाडौँमा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको