Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको अधिकतम औषत ब्याजदर ५ प्रतिशतभन्दा तल - कुन बैंकको कति ?

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, ११ : १२ मा प्रकाशित

वाणिज्य बैंकहरुको अधिकतम औषत ब्याजदर ५ प्रतिशतभन्दा तल - कुन बैंकको कति ?

व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरूले प्रदान गर्ने अधिकतम ब्याजदरको औसत ५ प्रतिशतभन्दा तल झरेको छ। २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औसत अधिकतम ब्याजदर ४.८३४ प्रतिशतमा सीमित भएको हो।

सार्वजनिक बैंक सूचनाअनुसार मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.०४०५ प्रतिशत रहेकोमा पुस महिनामा ०.२०६५ प्रतिशतविन्दुले घटेको छ।

१३ बैंकले घटाए ब्याजदर

मंसिरको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका हुन्।
त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर ०.३८ प्रतिशतविन्दुले घटेको छ।

यसैबीच, ७ वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

कुन बैंकले दिन्छ बढी ब्याज?

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकबाट सबैभन्दा बढी ब्याज पाइनेछ। यी दुवै बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। सबैभन्दा कम ब्याज भने प्राइम कमर्सियल बैंकले प्रदान गर्नेछ, जसले पुस महिनाका लागि अधिकतम ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

संस्थागत मुद्दतिको ब्याजदर पनि घट्यो

व्यक्तिगत मुद्दति निक्षेपसँगै वाणिज्य बैंकहरूको संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा पनि गिरावट आएको छ। मंसिरको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको हो। पुस महिनाका लागि ५ वाणिज्य बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको