नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयाल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेल, मट्टितेल र पेट्रोलको नयाँ मूल्य सार्वजनिक गरिएको हो ।
निगमले भोलिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरमा पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस