नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अकंले बढेर २६२५.७० बिन्दुमा बन्द भएको छ । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोडको कारोबार भएको हो ।
यसदिन १० उपसूचक हरियाली आएको छ भने ३ उपसूचक घटेको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस