Like us!
Follow us!
Connect us!
Watch us!

ईश्वर र सुरेन्द्रको साहसलाई उच्च सम्मानसहित सलाम - योगेश भट्टराई

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, १५ : ०५ मा प्रकाशित

ईश्वर र सुरेन्द्रको साहसलाई उच्च सम्मानसहित सलाम - योगेश भट्टराई

नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अध्यक्ष र महासचिवमा पराजित ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले ११औं महाधिवेशनमा साहस देखाएको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य रणनीतिकार शंकर पोखरेलसँग प्यानलसहित चुनावी मैदानमा होमिएर पोखरेल र पाण्डेले साहस देखाएको भन्दै उनले सम्मान व्यक्त गरेका छन् । 

पोखरेल अध्यक्षमा ओलीसँग र पाण्डे महासचिवमा पाख्रेलसँग पराजित भएका छन् । पोखरेलकै प्यानलबाट नेता भट्टराई उपमहासचिवमा विजयी भएका छन् । उनले आफ्नो विजयका लागि प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टी सदस्य तथा आम जनताको निगरानी र परीक्षामा सधैं रहिरहने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको