Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ४ अर्ब ५२ करोडमा सीमित

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १५ : १३ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ४ अर्ब ५२ करोडमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अकंले घटेर २५९५.१० बिन्दुमा बन्द भएको छ । ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार कित्ता सेयर  किनबेच हुँदा ४ अर्ब ५२ करोडको सेयर  कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको १.४२ प्रतिशत, फाइनान्स समूहको १.३८ प्रतिशत, होटल तथा पयर्टन समूहको १.६३ प्रतिशतले सेयर  मूल्य घटेको छ ।आइतबार ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर  मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको