Like us!
Follow us!
Connect us!
Watch us!

विपद् पूर्व तयारीलाई अझ मजबुत बनाउन सरकार प्रतिवद्ध छ - गृहमन्त्री अर्याल

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १५ : १० मा प्रकाशित

विपद् पूर्व तयारीलाई अझ मजबुत बनाउन सरकार प्रतिवद्ध छ -  गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई थप मजबुत, संस्थागत र व्यापक बनाउनेतर्फ सरकार दृढ प्रतिवद्ध रहेको बताएका छन्। सोमबार आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनका अनुसार नेपालले परम्परागत प्रतिकार्यमुखी विपद् व्यवस्थापनको सोचबाट अघि बढ्दै जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा सुरु गरिसकेको छ। पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी बनाउन जोखिमबारे स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान तथा प्रभावमा आधारित पूर्वसूचना प्रणाली अपरिहार्य हुने उनले बताए। साथै, पूर्वसूचना जारी भएसँगै तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिल्यै व्यवस्थित गरिएका स्रोत–साधनको व्यवस्था अनिवार्य रहेको गृहमन्त्री अर्यालले उल्लेख गरे।

उनले भने,‘नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन तीन कुराहरु महत्वपूर्ण छन् । जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हो । पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना हो भने तेस्रो पहिला नै व्यवस्थित गरिएको श्रोत साधन हो । जसले संकटको बेला ढिलाइ नगरी काम गर्न मद्दत गर्दछ । विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको