अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश संशोधन गरेको छ । विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि लाभांशदर संशोधन गरेर साधारणसभा बोलाएको हो ।
यसअघि कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । तर विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले लाभांश संशोधन गरी ५ प्रतिशत बोनस सेयर र ०.२३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसका लागि पुस ३० गते २८ औँ वार्षिक साधारणसभा बस्ने र पुस १८ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने पनि निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस