शुक्रबार नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको सुनचाँदीको मूल्य आज फेरि बढेको हो ।
आज सुन तोलाको १ हजार ८०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य १६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस