Like us!
Follow us!
Connect us!
Watch us!

तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १० : ५० मा प्रकाशित

तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ खिच्दै  राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्।

यसरी संकलित निक्षेपको साँवा तथा ब्याज आगामी २५ पुषमा भुक्तानी गरिनेछ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ। साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि निरन्तर रूपमा निक्षेप संकलन गर्दै आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको