Like us!
Follow us!
Connect us!
Watch us!

१०.३७ प्रतिशत लाभांश पारित गर्दै सकियो महालक्ष्मी विकास बैंकको साधारणसभा

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, ०८ : ३४ मा प्रकाशित

१०.३७ प्रतिशत लाभांश पारित गर्दै सकियो महालक्ष्मी विकास बैंकको साधारणसभा

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा साधारणसभा सम्पन्न भएको हो । 

सभा पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले गत असार मसान्तसम्मको वासलात तथा गत आर्थिक वर्ष (आव) को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ ।

त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आवको वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश (नगद र बोनसमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ । बैंकले अघिल्लो आवमा ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकका अनुसार आव ०८०/८१ को तुलनामा आव ०८१/८२ मा बैंकका समग्र वित्तीय सूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ । आव ०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आव ०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ । आव ०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६.२२ अर्ब रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ रहेको छ ।

साथै बैंकको नियमावली बमोजिम संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव भए बमोजिम संस्थापक सेयरधनी समूह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ्ग प्रा.लि. को तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनी समूह (ख) बाट ३ जना क्रमशः श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको सोही दिन बसेको पहिलो बैठकबाट राजेश उपाध्याय संचालक समितिको अध्यक्षको रूपमा चयन भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको