Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार पनि बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, १५ : ११ मा प्रकाशित

मंगलबार पनि बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अकंले बढेर २६४९.३० बिन्दुमा बन्द  भएको छ । आज ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोडको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.४३ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको २.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.१३ प्रतिशतले बढेको छ । मंगलबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।  

आज सबैभन्दा धेरै एसवाई प्यानको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावरको २३ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जिवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको