Like us!
Follow us!
Connect us!
Watch us!

महामन्त्रीलाई हेप्ने, पेल्ने चलिरहेको छ,यस्तो मानमर्दन यसअघि हुँदैनथ्यो - गगन थापा

अर्थ संसार

बुधबार, २३ पुस २०८२, १३ : २१ मा प्रकाशित

महामन्त्रीलाई हेप्ने, पेल्ने चलिरहेको छ,यस्तो मानमर्दन यसअघि हुँदैनथ्यो  - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँग गरिएको तालमेलको जिम्मेवारी पार्टीले नलिने स्पष्ट पारेका छन्। कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने पार्टी बैठकमा छलफल नगरी तालमेलको निर्णय गरिएकोमा आपत्ति रहेको छ।

उम्मेदवारी छनोटको प्रक्रियामा पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । थापाका अनुसार, बैठक बस्नुअघि नै उम्मेदवारहरूले मनोनयन पत्र बोकेर दर्ता गरिसकेको अवस्था थियो।

उनले भनेका छन् , ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यसबारे हाम्रो प्रतिक्रिया होला । संसदीय बोर्ड, केन्द्रीय समितिलाई समेत हेपियो, यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो ।’

उनले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको