Like us!
Follow us!
Connect us!
Watch us!

माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि योजना निष्कासन हुँदै

अर्थ संसार

बुधबार, २३ पुस २०८२, ०७ : ४४ मा प्रकाशित

माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि योजना निष्कासन हुँदै

नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ । कोष प्रवद्र्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजना निष्कासनमा आउने भएको हो । 

यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये २ करोड ४० लाख वा कुल बिक्री भएको इकाईको न्यूनतम १५ प्रतिशत इकाईमध्ये नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत वा २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत वा १६ लाख इकाई सुरक्षित गरिनेछ ।

बाँकी न्यूनतम १३ करोड १६ लाख इकाई भने सर्वसाधारणका लागि बिक्री खुला गरिने भएको हो । यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईका लागि र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिनेछ । निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ ।

यो बन्दमुखी प्रकृतिको योजना हो र यसको अवधि १० वर्ष रहेको छ। १० वर्ष पूरा भएपछि यो परिपक्व हुनेछ र त्यसपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरूलाई समानुपातिक हिसाबले बाँडफाँड गरिनेछ । यो इकाई नेप्सेमा सूचीकृत गरी कारोबार हुने व्यवस्था पनि गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको