Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने प्रक्रियामा छौं - रवि लामिछाने

अर्थ संसार

विहीबार, २४ पुस २०८२, १७ : ४० मा प्रकाशित

कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने प्रक्रियामा छौं - रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टीको प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन्।

आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्किने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले भने 'उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।'

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको