Like us!
Follow us!
Connect us!
Watch us!

'राष्ट्रियसभामा गठबन्धन गर्न एमाले, नेकपासँग छलफलमा छौं '

अर्थ संसार

सोमबार, २१ पुस २०८२, १२ : १२ मा प्रकाशित

'राष्ट्रियसभामा गठबन्धन गर्न एमाले, नेकपासँग छलफलमा छौं '

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनका विषयमा कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको जानकारी दिएका छन्। उनी राष्ट्रियसभामा संसदीय दलका नेता पनि हुन्। सिटौलाले पत्रकार सम्मेलनमार्फत आजको कार्यसम्पादन समिति बैठकले यसबारे अन्तिम निर्णय गर्ने बताए।

उनले भने, ‘कुन कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । आजको कार्यसम्पादन समितिमा छलफल हुन्छ । एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा भएको हो । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग साझा सहकार्य गर्न उपयुक्त हुन्छ । सबै दलहरूबीच तालमेल हुनु उपयुक्त हुन्छ भन्ने हो ।’

प्रतिनिधिसभामा निर्वाचनमा एक्लै चुनाव लड्नुपर्छ भन्ने पार्टीको बटमलाइन रहेको बताए । आम निर्वाचन प्रत्यक्ष जनतामा जाने कुरा भएकोले एक्लै आफ्नो विचार कार्यक्रम लिएर जानुपर्ने बताए ।

कांग्रेसले एमाले, नेकपासँगै मधेशी मोर्चासँग पनि तालमेलका लागि छलफल गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको