नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा राज्यसत्ताको तर्फबाट गरिएको दमनलाई गलत ठहराएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै महतले उक्त दमनको आलोचना गरेका छन्।
‘विधिको शासन, जनअनुमोदित सरकार र स्वतन्त्र अदालत लोकतान्त्रिक व्यवस्थामा परिकल्पना गरिएको छ । यसलाई हामीले स्वीकार नगर्दा समस्या आइरहन्छ । शान्ति खलबलिन्छ । स्थायीत्वको बाटो अवरुद्ध हुन्छ,’ उनले भने, ‘०४६ पछि हामीले एउटा व्यवस्था ल्यायौँ । ०६२/०६३ बाट अर्को सरकार बन्यो शान्ति स्थायीत्व हुन सकेन । फेरि भदौमा २३ मा अर्को घटना घट्यो । असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले प्रकट गर्ने र सरकारले पनि शान्तिपूर्ण तरिकाले सम्बोधन गर्न सकेन भने यस्तो अवस्था आउँछ । सुशासनको लागि आन्दोलन जायज छ तर, सरकारको तर्फबाट भएको दमन गलत छ । दोस्रो दिन जे भयो त्यो पनि गलत छ।’
उनले जेनजी आन्दोलनका कारण देशको दुई आर्थिक वर्षको बजेटजत्तिकै क्षति भएको विवरणहरू आएको पनि सुनाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस