नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन्।
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाइज गर्नुपर्नेमा जोड दिए। संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाइजेशन गर्नुपर्ने उनको भनाई छ। उनले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताए। संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता उनले औँल्याए।
संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए। चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाइजेशन गर्नुको विकल्प नभएको उनले बताए। प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाइज गर्नसके नेपालको चालु खर्च दुई तिहाइ कटौती हुने उनको दाबी छ। उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए। प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उनको भनाई छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस