Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच

अर्थ संसार

बुधबार, २३ पुस २०८२, १५ : ०७ मा प्रकाशित

नेप्से परिसूचक  दोहोरो अंकले घट्यो, ५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा बन्द भएको  छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । वाणिज्य बैंक समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४२ प्रतिशतले सेयर मूल्य घटेको छ । बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । 

आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् । शुभम पावरका लगानीकर्ताले २.६७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको