Like us!
Follow us!
Connect us!
Watch us!

सालपा विकास बैंकको आईपीओ बाँडफाँड, यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १० : २१ मा प्रकाशित

सालपा विकास बैंकको आईपीओ बाँडफाँड, यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

सालपा विकास बैंकको आइपीओ आज पुस २५ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा  बिहान साढे ९ बजे सालपा विकास बैंकको आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिएकोमा २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। बाँडफाँडमा १ लाख ४३ हजार ९१७ जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन्। यीमध्येबाट ९ जना आवेदकले थप १/१ कित्ता गरी कुल ११ कित्ता आईपीओ हात पारेका छन् ।

यसरी हेर्नुहोस् नतिजा:

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/#home  

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको