Like us!
Follow us!
Connect us!
Watch us!

सालपा विकास बैंकको आईपीओ बाँडफाँड

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, १० : ५७ मा प्रकाशित

सालपा विकास बैंकको आईपीओ बाँडफाँड

सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज बिहान सेयर बाँडफाँड गरेको हो।

कम्पनीले मङ्सिर २५ गतेदेखि मङ्सिर २९ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्काशन गरेको थियो। यो आईपीओमा ६७ हजार ६५५ जनाको आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अरु आवेदन रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको छ। गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा १७ हजार २३८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। यी मध्ये ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको