काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। शाह केहीबेरमा औपचारिक रूपमा राजीनामा दिएपछि दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन्।
रास्वपाको उक्त बैठकबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाइनेछ।
बालेन शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन्। इन्जिनियरिङ विषय अध्ययन गरेका बालेन शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए। ‘जेन–जी’ आन्दोलनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन्।
रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै यसअघि सात बुँदे सहमति गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस