Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा कार्यालयमा पदबहाली गरेर फर्किए बालेन

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, १६ : २९ मा प्रकाशित

रास्वपा कार्यालयमा पदबहाली गरेर फर्किए बालेन

पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय पुगेका बालेन्द्र साह केही मिनेटमै फर्किएका छन्। उनले घण्टीघरस्थित पार्टी कार्यालय परिसरमा रहेको ठूलो घण्टी बजाएपछि आफ्नो कार्यकक्षमा प्रवेश गरी पदबहाली गरेका थिए।

बालेनको स्वागतका लागि समर्थकहरू करिब तीन घण्टासम्म कार्यालय बाहिर प्रतीक्षारत थिए। उनी कार्यालय पुग्दा ठूलो संख्यामा समर्थकहरूको भीड भइसकेको थियो। बालेन जेन–जी अगुवा भनेर चिनिने सुदन गुरुङसहित कार्यालय प्रवेश गरेका थिए। कार्यालय प्रांगणमा उनले घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन गरे र फ्लाइङ किससमेत दिए। त्यस क्रममा उनले रास्वपा सभापति रवि लामिछानेलाई अंकमाल गरे। यद्यपि, औपचारिक स्वागत कार्यक्रम भने आयोजना गरिएको थिएन।

समर्थकहरूलाई सम्बोधन नगरी बालेन कार्यालयभित्र प्रवेश गरे र आफ्नो कार्यकक्षमा पुगेर पदबहाली गरे। त्यसपछि केही मिनेटमै उनी कार्यालयबाट बाहिरिएका थिए।

रास्वपाले बालेन आजको केन्द्रीय समिति बैठकमा सहभागी हुने भनिएको भए पनि उनी बैठकमा बसेनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको