Like us!
Follow us!
Connect us!
Watch us!

कैलालीमा टुंगियो कांग्रेसको उम्मेदवारी,आरजुले पाइनन् टिकट

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, २० : ३० मा प्रकाशित

कैलालीमा टुंगियो कांग्रेसको उम्मेदवारी,आरजुले पाइनन् टिकट

नेपाली काङ्ग्रेसले कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।

पार्टीका अनुसार कैलाली–१ बाट जनकराज चौधरी, २ बाट विजय स्वाँर, ३ बाट भीम बडुवाल र ४ बाट वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन्। त्यस्तै, कैलाली–५ बाट नारायण शाहलाई उम्मेदवार बनाइएको छ। शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व जिल्ला सभापति हुन्।

कैलाली–५ का लागि शाहसँगै पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओडको नाम सिफारिस गरिएको थियो। अन्ततः शाहले टिकट पाउँदा पूर्वमन्त्रीसमेत रहेकी राणा टिकटबाट वञ्चित भएकी छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको