नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान अवस्थामा राष्ट्रलाई एकताबद्ध गर्नु र देशलाई सुदृढ बनाउनु अत्यावश्यक रहेको धारणा व्यक्त गरे।
उनले राष्ट्रवादी शक्ति एक ठाउँमा ल्याउनको लागि आफूले नेकपा निर्माण गरेको बताए।
उनले भने, ‘जरुरी पर्यो भने एउटा नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुनसक्छ राष्ट्र र जनताको निम्ति। नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने पनि हुनसक्छ। भदौ २४ गतेको जस्तै विध्वंसका घटनाहरू घटाउने देशी विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै रोकिएका छैनन्। त्यो परिस्थितिमा त्यसको प्रतिवाद गर्ने एउटा नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।’
उनले देशको स्वाधीनता, जनताको आत्मनिर्णयको अधिकार माथि प्रश्न उठाउने प्रयास भइरहेको बताए। उनले देश अब चुनावमय भइसकेको पनि बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस