Like us!
Follow us!
Connect us!
Watch us!

जनभावना बुझेर रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ - प्रचण्ड

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, १६ : १९ मा प्रकाशित

जनभावना बुझेर रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ - प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू रुकुम पूर्वबाट उम्मेदवार बन्नुको कारण स्पष्ट पारेका छन्। प्रेस सेन्टर नेपाल रुकुम पूर्वले बुधबार रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्लाको इतिहास, भूगोल, संस्कृति तथा विभिन्न जातजातिको भावना समेटेर विकासको मोडेल अघि बढाउने लक्ष्यसहित रुकुम पूर्व रोजेको बताएका हुन्।

दाहालले भने ,‘जनयुद्धको आधार क्षेत्रको विकासलाई नयाँ ढङ्गले गति दिने मेरो सङ्कल्प छ । यहाँका जनताको भावना बुझेर जनताको अपेक्षा अनुसार यहाँबाट उम्मेदवारी दर्ता गराएको हुँ।'

रुकुम पूर्वको भौतिक पूर्वाधारको विकास र विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा आफ्नो मुख्य प्राथमिकता रहने पनि संयोजक प्रचण्डले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको