आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तेस्रो पटक चितवन-२ बाट उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा कुल २३ जना उम्मेदवार छन् । तर मुख्य प्रतिस्पर्धीहरूमा रास्वपाका लामिछाने, नेकपा (एमाले)का अस्मिन घिमिरे, नेपाली कांग्रेसका मीनाकुमारी खरेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रताप गुरुङलाई मात्र हेरिएको छ।
लामिछानेले २०७९ र २०८० सालमा यसै क्षेत्रमा विजयी भइसकेका छन्। उनका प्रतिस्पर्धी दलहरूले यसअघि चुनावी प्रतिस्पर्धामा भाग लिएका अनुभवी नेताले उम्मेदवारी नदिँदा नयाँ अनुहारलाई अघि सारेका हुन्।
एमालेले युवा अस्मिन घिमिरेलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले महिला अधिकार क्षेत्रमा सक्रिय मीनाकुमारी खरेललाई अघि बढाएको छ। नेकपाबाट पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रेका प्रताप गुरुङ पनि उम्मेदवार छन्।
चितवन-२ निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटै वडा समावेश छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस