Like us!
Follow us!
Connect us!
Watch us!

१६.२९ प्रतिशतले घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा

अर्थ संसार

विहीबार, १५ माघ २०८२, १० : ३५ मा प्रकाशित

१६.२९ प्रतिशतले घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२९ प्रतिशतले घटेको छ। बैंकको खुद नाफा गत आवको ६ महिनामा रहेको १ अर्ब ६४ करोड ६ लाख रुपैयाँबाट घटेर चालू आवको सोही अवधिमा १ अर्ब ३७ करोड ३३ लाख रुपैयाँमा सीमित भएको हो।

त्यसैगरी, पुस मसान्तसम्मको अवधिमा बैंकको आम्दानी तथा सञ्चालन नाफामा पनि गिरावट आएको छ। बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको २ अर्ब १७ करोड २४ लाख रुपैयाँबाट घटेर चालू वर्षमा १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी पनि ३ अर्ब २१ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा २ अर्ब ३४ करोड ६९ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ६४ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२.६७ रुपैयाँबाट घटेर २७.३५ रुपैयाँमा आएको छ। यस्तै, खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर १.८८ प्रतिशत पुगेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ छ। १० अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९१ करोड रुपैयाँ र अन्य रिजर्भमा १० अर्ब २३ करोड रुपैयाँ सञ्चित रहेको छ। हाल बैंकले ६८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ खर्ब ३७ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको