जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले विभिन्न चुनौतीका बाबजुद पनि नेपाली जीवन बीमा क्षेत्र सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्। शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बीमा कम्पनीहरूको समग्र प्रदर्शन सन्तोषजनक रहेको उल्लेख गरे।
उनका अनुसार जीवन बीमा कम्पनीहरूले निरन्तर राम्रो नतिजा देखाइरहेका छन् । जसका कारण आम नागरिकको बीमा क्षेत्रमा विश्वास क्रमशः बढ्दै गएको छ। साथै, राजनीतिक, आर्थिक तथा प्राकृतिक घटनाबाट सिर्जित चुनौतीहरूलाई सही ढंगले व्यवस्थापन गर्न सके ती नै अवसरमा रूपान्तरण गर्न सकिने पराजुलीको भनाइ छ। यसो गर्न सके जीवन बीमा क्षेत्र अझ सुदृढ, दिगो र विश्वसनीय बन्ने उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस