Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ - प्रचण्ड

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १५ : २२ मा प्रकाशित

नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ -  प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म २५ वटा घटकलाई एकताबद्ध गराइसकेको बताएका छन्। नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका अधिकांश क्षेत्रमा पार्टीले चुनाव जित्ने वातावरण बन्दै गइरहेको दाबी गरे।

प्रचण्डले नेकपा पहिलो पार्टी बन्ने सम्भावना देखिएको जिकिर गर्दै रास्वपालाई लक्षित गरी नयाँ भनिने दलहरूसँग कुनै स्पष्ट विचार र सिद्धान्त नरहेको टिप्पणी गरे। उनले नेकपालाई पुरानै कित्तामा राखेको भन्दै सबैभन्दा पुरानो रास्वपा नै भएको जिकिर गरे।

उनले भने, ‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँ ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ, गणतन्त्र भन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ देशमा ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ। सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ? नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ? तपाईँहरू उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? त्यसैले हामी भन्छौँ नयाँ हामी हो, गणतन्त्र र सङ्घीयता भन्दा नयाँ अरू केही छ। देशको नेतृत्व अब हामीले गर्ने हो भन्ने आत्मसाथका साथ भन्न सक्नुपर्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको