सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल थप २५ दिन विस्तार गर्ने निर्णय गरेको हो। यसअघि दोस्रो पटक थपिएको आयोगको म्याद माघ २८ गते बुधबार समाप्त हुँदैछ।
नेपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगलाई पुनः २५ दिनको समय थप गरिएको हो। उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस